CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

साउदी अरब: वैदेशिक रोजगारीका लागि साउदी अरब आएका एक नेपालीले कार उपहार पाएका छन् । तेह्रथुमका रमेश विश्वकर्मा ४४ हजार ५०० साउदी रियल (करिब ३३ लाख रुपैयाँ) पर्ने २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार उपहार पाउन सफल भएका हुन् । साउदीबाट नेपाल पैसा पठाउने ग्राहकलाई लक्ष्यित गरेर लक्ष्मी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र सिटी एक्सप्रेससँगको सहकार्यमा टेलिमनीले ल्याएको बम्परमा कार उपहार योजनाअन्तर्गत विश्वकर्मा कार जितेका हुन् ।
कार विजेता विश्वकर्मालाई रियादमा एक कार्यक्रमबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले साँचो हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा १० जनालाई सामसुङ स्मार्ट मोबाइल, १२ जनालाई लेनोभोको ट्याबलेटसमेत हस्तान्तरण गरिएको थियो ।
कम्पनीले दशैँ तिहारको अवसर पारेर ल्याएको सो उपहार योजना लक्की ड्रमार्फत विजेता घोषणा गरेको हो ।
साउदी अरबबाट नेपालमा पैसा पठाउँदा कार उपहार दिने टेलिमनी नै पहिलो भएको साउदीका लागि टेलिमनीका कन्ट्री म्यानेजर जितेन्द्र थपलियाले बताए ।
साउदीमा केन्द्रीय कार्यालय रहेको टेलिमनीले विगत ११ वर्षदेखि साउदी अरबको दम्माम, रियाद, अल कसिम, जेद्दालगायतका सहरबाट सरल र सहज ढङ्गबाट नेपालमा पैसा पठाउने सेवा दिँदै आएको छ । अन्नपूर्ण पोस्टमा खबर छ |

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top