CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

मिडिया एनपी, काठमाडौं, २६ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।
२९४ औ पृथ्वीजन्यतीको अवसरमा पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गरी पृथ्वीजयन्ती एक ऐतिहासि क्षण रहेको र यसैले सबै नेपालीलाई एकताबद्ध बनाउन ठूलो भूमिका निर्वाह गरेको बताएका छन् । ‘नेपाली भएर सोच्ने, सम्झने दिन पुस २७ हो । यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजन भएको हो’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै उनले विज्ञप्तिमा भनेका छन्, ‘पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ । यस प्रकारको युग चेतना हुँदाहुँदै पनि अहिले हामी किन, कुन्नि दिग्भ्रमित छौं । सोचनीय कूरा छ, देशभित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन् यो कदापि राम्रो कुरा होइन ।’
आफूले जनताको चाहना अनुसार दरबार छाडेको, तर नेपाली घरबार नछाडेको बताएका उनले विज्ञप्तिमा उल्लेख गरेका छन् की, ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्र हित र राष्ट्रवासीको सुख, सम्वृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छाडेको हुँ । तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।’
हिमाल, पहाड र तराईका जनतालाई एकतावद्ध हुन र बखेडा नगर्न आग्रह गरेका उनले अब कसले कस्तो भूमिका खेल्नुपर्ने हो त्यो प्रस्ट हुनुपर्ने समेत बताएका छन् । आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको भन्दै पूर्वराजा शाहले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ त्यो गम्भीर चिन्ताको विषय हो ।’
gyanendra shah new
 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top