भारतीय राष्ट्रपति प्रणव मुखर्जीको चाहना र भारत सरकारको इच्छाअनुसार प्रधानमन्त्रीको भ्रमण राजकीय हैसियतमा हुन लागेको छ । बेलायतका अन्तिम गभर्नर लर्ड माउन्टब्याटेन बसेको राजभवन भव्य र सानदार छ । ओलीलाई त्यही भवनमा राखिने भएको छ ।
सम्बन्ध पुनस्र्थापित गर्ने अवसरका रूपमा भारत सरकारले नै भ्रमणलाई उच्च महत्त्व दिएको हामीले महसुस गरेका छौँ । हाम्रोजस्तै भारतको पनि नेपालसँगको सम्बन्ध सुधार प्राथमिकतामा छ ।
नाकाबन्दी हटेको छ । तर, गरिब जनताले अझै सरल तरिकाले ग्यास र तेल पाएका छैनन् । जुन दिनसम्म पाउँदैनन्, त्यसवेलासम्म सहज भयो भन्न मिल्दैन । सहज आपूर्तिले मात्रै नेपाल–भारत सम्बन्ध सुधार भएको भन्न मिल्छ । भारतको नेपालसँग सम्बन्ध अद्वितीय थियो । भुटानपछि सहज सम्बन्ध नेपालसँगै थियो । तर, पछिल्लो समयमा जे–जस्ता घटना भए, भारतीय प्रधानमन्त्री मोदीजी स्वयं चिन्तित हुनुहुन्थ्यो । यसलाई सुधारेर जानुपर्छ । यो सेल्फ करेक्सन सिस्टमको सुरुवात हो ।
संविधान जारी गर्नु दुई दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशसचिव एस जयशंकरलाई विशेष दूतका रूपमा नेपाल पठाए । विशेष दूतको मिसन असफल भएपछि मोदी नेपालबारे मौन छन् । २४ असोजमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि बधाई दिने र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जली दिनेबाहेक सामाजिक सञ्जालमा मोदीले कुनै प्रतिक्रिया नदिएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Post a Comment