CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ



विश्वकै शक्तिशाली तथा आर्थिक विकासको प्रमुख राष्ट्र चीनले नेपाललाई जलविद्युत विकासको प्रस्ताव गरेको हो । भ्रमणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले ६ महिना होइन् तीन महिनामै ६ सय मेघावाट विजुली दिने घोषणा गरेको भोलिपल्टै जलविद्युत विकासमा चीनको प्रस्ताव आएको हो ।

चीनको राज्य ग्रिड कम्पनी अन्तर्गत तिब्बत विद्युत कम्पनीका प्रमुख लिउ स्याउ मिङले ‘एक क्षेत्र एक मार्ग’ रणनीतिलाई साकार तुल्याउन तिब्बत र नेपालबीच बिजुली सञ्जाल जोड्न विशेष पहल गर्नुपर्ने बताए ।

पछिल्लो समयमा चीनले आफूसँगै छिमेकी राष्ट्रहरुले पनि जलविद्युतको क्षेत्रमा विकास गरुन् भन्ने प्रस्ताव अनुसार नेपालको जलविद्युत विकासमा चासो व्यक्त गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।एक अन्तर्वार्ताका क्रममा तिब्बत विद्युत कम्पनीका प्रमुख मिङले केही वर्षमा चीन (तिब्बत) र नेपालबीच यो स्तरको बिजुली सञ्जाल द्रुत रुपमा जोडिने बताए । उनले सन् २०२० सम्म चीन र नेपाल बीचमा बिजुली सञ्जाल जोड्ने सम्भावना रहेको दाबी गरे । उनले यस विषयमा नेपालबाट समेत प्रस्ताव आउनुपर्नेमा जोड दिए ।

चीनसँग नेपाल विद्युत सञ्जालमा जोडिए भारतबाट एक वाट विजुली ल्याउन नपर्ने विज्ञहरु बताउँछन् ।

हाल भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली एक महिनापछि चीन भ्रमणमा जाँदैछन् । सम्भवतः त्यो समयमा चीनले नेपाललाई यो प्रस्ताव औपचारिक रुपमा राख्न सक्ने अनुमान गरिएको छ ।यसअघि चीनले नेपाललाई दक्षिण एसियाली रेलमार्ग र विश्व बैंकमा समेटेको थियो ।

न्युज २४ बाट साभार

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top