नेपालगञ्जबाट जुम्लाको लागि उडेको काष्ठमाण्डप एयरको विमान आकाशबाट झर्दै गरेको देखेका कालीकोट चिल्खाया – २ का शेरबहादुर परियारले हेलिकोप्टर चाँडै पठाइदिन आग्रह गरेका छन् । स्थानीयवासीन्दा परियारले भने, ‘पाइलटको मृत्यु भइसकेको छ । जहाजमा एक जना बच्चा छ । अरु ठूला छन् । सबै घाइते भएका छन् हजुर ।’ विमानले आकाशमा एक फन्का लगाएर डाँडाको भित्तो भेट्ने गरी जोतिएको परियारले जानकारी दिए ।
औषधि, चिकित्सकको टोलीसहित चाँडै हेलिकोप्टर पठाए केही यात्रुको चाँडै उपचार हुन सक्ने उनले बताए । कालीकोटको चिल्खाया गाउँमा झरेको काष्ठमाण्डको जहाजमा नौ यात्री र चालक दलका तीन सदस्य छन् । विमान झरेको सो गाउँमा हेलिकोप्टर सजिलै बस्न सक्ने ठाउँ पनि रहेको स्थानीय शेरबहादुर परियाले जानकारी दिए ।
Post a Comment