११ फागुन, ताप्लेजुङ । स्थानीय महिलामाथि यौन दुर्व्यवहारको बिषयमा ताप्लेजुङ खोक्लिङमा भएको विवाद हिंसात्मक बनेपछि प्रहरीले हवाई फायर गरेको छ । भीड नियन्त्रणमा लिने क्रममा एक असई घाइते भएका छन् । भीड नियन्त्रण गर्न खोज्दा स्थानीयको आक्रमणमा परी अस्थायी प्रहरी चौकी खोक्लिङका ईञ्चार्ज असई सोम श्रेष्ठ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । चोटमा १० टाँका लगाइएको छ । स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचार पनि घाइते असइलाई जिल्ला अस्पताल लगिएको छ । बिद्यालय व्यवस्थापन समितिका सदस्य युवराज थापाले स्थानीय एक महिलालाई यौन दुव्र्यबहार गरेको बिषयमा बिद्यालयमै छलफल भइरहेको थियो । छलफल भइरहेकै समयमा स्थानीय महिलाहरुको एक समुह आक्रोशित रुपमा प्रवेश गरी आरोपी थापामाथि जाइलागेका थिए । दुई पक्षबीच झडपको स्थिति आउन लागेपछि प्रहरीको टोलीले भीड नियन्त्रणको प्रयास गरेको थियो । तर प्रहरीमाथिनै प्रहार हुन थालेपछि हवाई फायर गरेर भीड तितरवितर पारिएको स्थानीयले जानकारी दिएका छन् । प्रहरीमाथि हातपात गर्नेको पहिचान नभएपनि प्रहरीले घटनामा संग्लग्न १२ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र स्थिति प्रहरीको नियन्त्रणमा रहेको ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले जानकारी दिए । यसै विच घटनामा संलग्न बाह्र जना महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । घटना स्थलमा थप प्रहरी परीचालन गरीएको र अहिले स्थिति नियन्त्रणमा आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले बताउनुभयो ।
Home
»
news
» यौन दुर्व्यवहारको विवाद मिलाउन खोज्दा ताप्लेजुङमा गोली चल्यो, असई गम्भीर घाइते -१२ महिला प्रहरी नियन्त्रणमा - READ MORE
Subscribe to:
Post Comments (Atom)
Post a Comment