अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको मूल्य १०९ रुपैयाँ २४ पैसा तोकेको छ । जुन यसअघिको रेकर्डभन्दा २१ पैसाले वढी नेपाल राष्ट्र बैकले जनाएको छ । यसअघि अमेरिकी डलर २०७० भदौ १९ गते सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । सो दिन डलरको भाउले १ सय ९ रुपैयाँ ३ पैसा कारोवार भएको थियो । अमेरिकी डलरले १ सय १० रुपैयाँ नाघ्न सक्ने सञ्चाल माध्यमहरुले जनाएका छन् । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ । १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ । अमेरिकी अर्थतन्त्र सवल हुँदै गएको तथा चिनियाँ अर्थतन्त्र पछिल्लो समय कमजोर भएको तथ्यांकहरु सार्वजनिक भइरहेका बेला डलरले नयाँ उचाइ छोएको राष्ट्र बैंकले जनाएको छ । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ । डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान हुन्छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित पर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरित्त भार पर्छ । डलर वृद्धिले बजेट घाटा बढ्ने राष्ट्र बैंकले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment