CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

फागुन, रामेछाप । रामेछाप कारागारमा वन्दीजीवन विताई रहेका एक कैदीले सोमबार राति आफ्नै अण्डकोष काटेका छन् । हत्या आरोपमा जेल जीवन विताईरहेको तिल्पुङ्गका भोला बुढाथोकीले अण्डकोष काटेका हुन् । रामेछाप कारागारका जेलर उद्धव बरालका अनुसार उनले कारागारको बाथरुम प्रवेश गरेर दाहिनी अण्डकोष काटेका हुन् । कारागारमा खाना पकाउने काम गर्दै आएका बुढाथोकीले बाथरुम छिरेर पहिले हात काटेका थिए ।
घाउबाट रगत बग्न थालेपछि उनले अण्डकोष काटेकाे थिए । पीडाले उनी रुन कराउन
थालेेपछि अन्य कैदीले बुढाथोकीलाई बाथरुमबाट बाहिर ल्याएका थिए ।
उपचारको लागि तत्काल जिल्ला अस्पताल रामेछापमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागि उनलाई काठमाडौँ पठाइएको छ ।
दुई वर्ष अघि आमालाई बञ्चरो प्रहार गरि हत्या गरेका बुढाथोकीले पारिवारीक तनावका कारण यस्तो हर्कत गरेको हुनसक्ने प्रहरी अनुमान छ ।


भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top