CLICK HERE

 
Latest

08:25 AM AKASHYA KUMAR

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

नेपाली काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज साँझ सम्पन्न दोस्रो निर्वाचनमा उहाँले एक हजार ८२२ मत प्राप्त गरी नेपालको पुरानो पार्टीको सर्वोच्च पदमा पुग्न सफल हुनुभएको हो ।
सभापति पदका अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गर्नुभयो । कुल मतदाता तीन हजार १४० मध्ये खसेको थियो । खसेको मत मध्ये २२ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
काँग्रेसको १०औँ महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा सुशील कोइरालासित उहाँ पराजित हुनुभएको थियो । सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पु¥याउन नसक्दा काँग्रेस इतिहासमा पहिलो पटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएको थियो ।
आइतबार राष्ट्रिय सभागृहमा नयाँ नेतृत्वका लागि भएको मतदानमा सभापतिमा तीनै उम्मेदवार कावा सभापति पौडेल, वरिष्ठ नेता देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आजै दोसो चरणको निर्वाचन भएको थियो ।
सोमबार बिहान करिब ५ः३० बजे सम्पन्न मतगणनानुसार सभापतिका लागि प्रथम चरणका प्रत्यासी देउवाले एक हजार ५६४ र पौडेलले एक हजार १५२ मत प्राप्त गर्नुभएको थियो ।
प्राप्त मत परिणामानुसार प्रथम चरणमा नेता देउवाको अग्रता रहे पनि ११ मत नपुगेकाले उहाँ पार्टी सभापति बन्नबाट चुक्नुभएकोे थियो । सभापतिका अर्का प्रत्यासी सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा महामन्त्री सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उहाँ दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको थियो ।
काँग्रेसको जिल्ला अधिवेशनमा गाउँका मतदाता कम आउने वा आफ्नो विपक्षका मतदाता आउन नदिने अनि थोरै मतान्तरले पनि जिल्ला सभापतिमा विजयी हासिल गर्ने विकृति बढ्दै गएपछि पार्टीमा यो व्यवस्था लागू गरिएको थियो ।
पोखरामा सम्पन्न १०औँ महाधिवेशनबाट यो व्यवस्था केन्द्रीय सभापतिका हकमा लागू गरियो । सोअनुसार प्रथम चरणमा केन्द्रीय सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था कायम गरिएको थियो ।
काँग्रेसका यसअघिका महाधिवेशनमा सभापतिमा दुईभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरे पनि यस्तो अवस्था भने कहिल्यै आएको थिएन ।
विसं २०५७ मा पोखरामा सम्पन्न काँग्रेसको १०औँ महाधिवेशनमा नेताहरु गिरिजाप्रसाद कोइराला, देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार हुनुहुन्थ्यो । त्यसमा कोइराला सभापतिमा ठूलो मत अन्तरले विजयी हुनुभएको थियो ।
त्यस्तै २०६१ सालमा काठमाडौँमा सम्पन्न ११औँ महाधिवेशनमा कोइराला र नरहरि आचार्य उम्मेदवार रहनुभएको थियो भने यसमा पनि कोइराला ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । त्यसबेला काँग्रेस विभाजित हुनाका साथै नेता देउवा नेपाली काँग्रेस ९प्रजातान्त्रिक० का सभापति हुनुहुन्थ्यो ।
काठमाडौँमै २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा सभापतिमा नेताहरु सुशील कोइराला, देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरेकामा कोइराला पहिलो चरणमा नै विजयी हुनुभएको थियो । रासस

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

07 Mar 2016

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top