CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौं, १२ फागुन । बुधबार बिहानदेखि हराइरहेको तार एयरको 9N-AHH जहाज म्याग्दीको सोली घोप्टेभीरको पुछारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोली घोप्टे डााडोमा आगो लागेर डढेको अवस्थामा विमान भेटिएको हो । अहिले नेपाली सेनाको हेलिकोप्टर त्यहाा पुग्दैछ । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो । विमानमा चालक दलका ३ सदस्य र दुई बालबालिका सहित २३ यात्रु थिए ।पर्यटन मन्त्री आनन्द पोखरलले जहाजमा रहेका २३ जनाकै मृत्यु भएको बताएका छन् । जहाज पनि जलेको छ भने शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा देखिएको बताइएको छ । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताएका छन् । स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top