CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौं । महानायक राजेश हमालले सोमबार राजीनितक बहसमा सामेल भइ अब प्रचण्ड र बाबुरामको नामकै आधारमा जनता पछाडि लाग्ने दिन नरहेको बताएका छन् । पोजेटिभ लिडरसिप’ बारे रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्‍यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’
हमालले सही नेताले सही मान्छेलाई सही ढंगबाट संयोजन गर्नसक्नु पर्ने बताए । ‘तर, हाम्रोमा यस्तो भइरहेको देखिदैन,’ उनले भने । ‘म नेपाली हाम्रो नेपाल’ले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘संविधान जारी हुनुअघि र पछि मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दुस्ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।’ राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’
प्रजातन्त्रबारे अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको भनाई विश्वप्रसिद्ध छ । उनले भनेका थिए– ‘प्रजातन्त्र भनेको ‘अफ द पिपल, बाई द पिपल र फर द पिपल (जनताको, जनताद्वारा र जनताका लागि) हुने शासन हो ।’ कार्यक्रममा राजेश हमालले लिंकनको यो भनाईको नयाँ ढंगले व्याख्या गरिदिए । राजधानीमा अयोजित कार्यक्रममा हमालले नेपालको परिप्रेक्ष्यमा लिंकनको परिभाषालाई फरक ढंगले हेर्नुपर्ने भन्दै भने– ‘हाम्रोमा डेमोक्रेसी इज द गर्भमेन्ट अफ द पिपुल, बाई द पिपुल (जनता किनेर) र फार द पिपुल (जनताबाट टाढा) हो ।’

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top