CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ



फाल्गुन १२, २०७२- बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको ट्विनअटर जहाज ताराले पाँच महिनाअघि मात्रै किनेको हो । क्यानडाको कलगरीबाट असोज १ गते उडेको जहाज १० वटा एयरपोर्ट हुँदै ६० घन्टाको उडानमा गत असोज ९ गते शनिबार दिउँसो १ बजे काठमाडौं विमानस्थल आइपुगेको थियो।

यो जहाजलाई आज पोखराबाट जोमसोम उडान गरेका उनै वरिष्ठ पाइलट रोशन मानन्धर र अर्का क्यानडियन पाइलट स्टेफन क्यानडीले क्यानडाबाट उडान गरि ल्याएका थिए ।

जहाज क्यानडाबाट पेरु, आइसल्यान्ड, स्विडेन, सरबिया, ग्रिस, इजिप्ट, युएई, भारतको अहमदाबाद हुँदै काठमाडौं आइपुगेको थियो ।

जहाजको इन्धन क्षमता २४ सय ५० लिटर छ । १८ जना यात्रु क्षमता भएको यो जहाज लगातार ४ घन्टाको उडान गर्न सक्छ ।

प्रति घन्टा ३ सय १४ किलोमिटर क्रुज स्पिड भएको यस जहाजको फ्याक्ट्री मूल्य ७० करोड हाराहारी रहेको एती एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राइले बताए ।

तारा एयरको मातृ कम्पनी यती एयरलायन्स हो । हाल ताराले दुर्गम र एतीले सुगम रुटमा उडान भर्दै आएका छन् । राईका अनुसार, क्यानडीयन कम्पनीले निर्माण गरेको यो जहाज सिंगापुरको एरोस्टार कम्पनीसँग ताराले लिजमा खरिद गरेको हो ।

कम्पनीको मूल्य ७० करोड पर्ने भएपनि खरिद गरिएको मूल्य कम्पनीले खुलाएको छैन । जहाजको परल मूल्यको १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्छ । दुर्गम क्षेत्रमा उडान भर्नका लागि खरिद गरिएको थियो । यो जहाजको कल साइन नाइन एन-एएचएच रहेको थियो ।

जहाज निर्माता कम्पनी क्यानाडाको भाइकिङ एयर लिमिटेड हो । सन २००५ अघि ट्विनअटर जहाज क्यानडाकै डि हेभील्यान्ड कम्पनीले निर्माण गर्थ्यो ।

तारा एयरका म्यानेजर भिमराज राईका अनुसार, सन २००८ यता भाइकिङले ट्विनअटर ४०० सिरिज नाम दिई फेरी जहाज उत्पादन गर्दै आएको छ । यो जहाज पनि ४०० सिरिजकै हो ।

यो ३०० सिरिजको दाँजोमा एडभान्स मानिएको थियो।

‘अघिल्लो भर्सन भन्दा यसमा धेरै विषय सुधारिएका छन्,’ काठमाडौं विमानस्थलमा ल्यान्ड गरेपछि पाइलट मानन्धरले भनेका थिए । डिजिटल ककपिट राखिएको यस जहाजमा चार वटा डिस्प्ले मोनिटर थियो । तीनवटाले काम नगरे पनि एउटाले मात्रै पनि काम गर्ने पाइलट मानन्धरले बताएका थिए ।


 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top