काठमाडौं, १२ फागुन । ६ दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भएको तारा एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
विमान हराएको खबर पाएलगत्तै उनले दुर्घटना प्रति दुःख व्यक्त गर्दै खोजी र उद्धार कार्यका लागि सक्रिय हुन कार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई निर्देशन दिएका थिए ।
यद्यपी अहिले विमान भेटिसकेको छ भने दुर्घटनामा परि ज्यान गुमाएका यात्रुहरुको उद्धार कार्यका लागि सुरक्षाकर्मी घटनास्थ तर्फ जाँदैछन् । टेलिफोनमा मार्फत प्रधानमन्त्री ओलीले कार्यवहाक प्रधानमन्त्री गच्छदार र र पर्यटनमन्त्री आनन्द पोखरेललाई सक्रिय रुपमा उद्धार गर्न भनेका छन् ।
प्रधानमन्त्रीले विमानमा यात्रारत यात्रुका परिवारका सदस्यलाई धैर्यधारण गर्न पनि आग्रह गरेका छन् ।

Post a Comment