![]() |
वालिङ, २९ पुस-
स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष रु २६ करोड बढीको सुन्तला बिक्री भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल रु १० हजार २०० मेट्रिक टन सुन्तला बिक्रीबाट रु २६ करोड १५ लाख ९९ हजार ४०० आम्दानी भएको हो ।
“जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलबाट यस आर्थिक वर्षमा १० हजार २०० सुन्तला उत्पादन भएको छ”, सूचना अधिकृत बिसीले भन्नुभयो, “उत्पादन भएकोमध्ये एक हजार २२४ मेट्रिक टन सुन्तला जिल्लाभित्र नै खपत भएको छ भने बाँकी आठ हजार ४६६ मेट्रिक टन सुन्तला जिल्लाबाहिरका सहरमा खपत भएको छ ।”
“गत वर्षभन्दा यस वर्ष सुन्तला बिक्रीमा कमी आएको छ”, सूचना अधिकृत बिसीले भन्नुभयो, “यस वर्ष फूल फुल्ने बेलामा असिना पानी, हावाहुरी तथा बिक्री हुने समयमा नाकाबन्दीका कारण समस्या भयो ।”
पुतलीबजार नगरपालिका–१२ र १३ वडा तथा ठूलाडिही, पौवैगौडे, खिलुङ–देउराली, अर्जुनचौपारी, एलादी, पेलाकोट, दहथुम, बिरुवा र मनकामनाका विभिन्न क्षेत्रलाई सुन्तलाका मुख्य क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रबाट अत्यधिक मात्रामा सुन्तला उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । रासस

Post a Comment