CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

एकजना चार वर्षीय बालकले तीनजना मानिसलाई बमले उडाएका छन् । आतंकवादी संगठन आईएसआईएसले हालै जारी गरेको नयाँ भिडियोमा ती चार वर्षीय बालकले गाडीमा रहेका तीनजनालाई बमले उडाएका देखाइएको छ ।
चार वर्षीय ब्रिटिश बालक 'जिहादी जुनियर' एक कारलाई बमले उडाएर तीनजनाको ज्यान लिएको यो भिडियोमा देख्न सकिन्छ । यी तीनैजनामाथि सिरियामा पश्चिमी देशका लागि जासुसी गरेको आरोप लगाइएको थियो ।
तीनजनालाई बमले उडाउने यी बालक दक्षिण-पुर्व लन्डनमा जन्मिएका ग्रेस 'खादिजा' डेरका छोरा हुन् ।
इस्लाम धर्म अपनाएकी ग्रेस सन् २०१२ मा भागेर सिरिया पुगेकी थिइन् । जहाँ उनले स्वीडिस चरमपन्थी लडाकू अबु बक्रसँग बिहे गरेकी थिइन् । यी बालकले अहिलेसम्मको उमेर आईएसआईएसको नियन्त्रणमै बिताइसकेका छन् ।
डेलीमेलको समाचार अनुसार बालकका हजुरबा हेनरी डेरले उनको पहिचान इसा डेरका रुपमा गरेका हुन् । भिडियोमा बालकले आईएसआईएसको ट्रेडमार्क वर्दी र शिरमा कालो पट्टी बाँधेका छन् । उनको हातमा एक डेटोनेटर देख्न सकिन्छ ।
बालकले डेटोनेटर दबाएपछि पहेंलो कपडा लगाएर कारमा बाँधेको देखाइएका तीन मानिस कार विस्फोट भइ मारिएको भिडियोमा हेर्न सकिन्छ ।
बालकसँगै रहेका एक आईएस लडाकू ब्रिटिश लवजमा अंग्रेजी बोल्दै ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनलाई धम्की दिइरहेको पनि भिडियोमा देख्न सकिन्छ ।
तीनजना सवार मानिस कारलाई बालकले डेटोनेटर दबाएर विस्फोट भएपछि भिडियो सकिन्छ ।

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top