![]() |
मिडिया एनपी, काठमाडौं, २९ माघ । विश्वभर चुनौती पूर्ण बनेको जिका भाइरसको संक्रमणबाट दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा तीन जनाको मृत्यु भएको छ भने सयौं संक्रमित भएका छन् ।
जिका भाइरसको संक्रमणबाट ती व्यक्तिको मृत्यु भएको प्रमाणित भइसकेको र थप संक्रमण फैलन नदिन सचेतता अपनाइएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लामखुट्टेको टोकाईबाट संक्रमण हुने जिका भाइरसबाट पहिलो पटक ती व्यक्तिहरुले ज्यान गुमाएपछि सो देशले आवश्यक सचेता अपानएको बताइएको छ ।
भेनेजुएलामा यसअघिदेखि नै जिका संक्रमण देखिएको र हालसम्ममा तीन सय १९ जना व्यक्ति जिका संक्र्रमित भएका बताइएको छ । जिका भाइरस संक्रमणबाट सबैभन्दा धेरै संक्रमितहरु ब्राजिलमा रहेका छन् । ब्राजिलमा१५ लाख नागरिक प्रभावित भएका छन् ।
सन् २०१५ को सुरुवातदेखि नै जिकाको संक्रमण हुन सुरु भएके र यसको सबै भन्दा बढी असर दक्षिण अमेरिकी देशहरुमा देखिएको छ ।

Post a Comment