![]() |
काठमाडौं, ८ फागुन । महानायक राजेश हमाल पहिलो पटक महिला अवतारमा देखिएको चलचित्र ‘सकुन्तला’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । दीनेश श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘सकुन्तला’मा नायक हमाल सकुन्तलाकै भूमिकामा देखिने छन् ।
सकुन्तलाको सार्वजनिक फस्ट लुकमा नायक राजेश हमाल महिला एक्सन अवतारमा छन् । महानायक हमालको फिल्मी जीवन कै भिन्न लुक्सको रुपमा सकुन्तलाको यो पोष्टरलाई लिन सकिन्छ ।
नायिका अनु शाह र किशोर खतिवडा पनि यो चलचित्रमा देखिने छन् । तर, सार्वजनिक पहिलो पोष्टरमा महानायक हमाललाई मात्रै देखाईएको छ । यो चलचित्रमा नायिका तथा मोडल नम्रता सापकोटाले पनि आइटम नृत्य गरेकी छिन् । २०७३ सालको जेठ १४ गतेबाट यो फिल्म अल नेपाल रिलिज हुने भनिएको छ ।

Post a Comment