फेसबुक म्यासेन्जरले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ फिचर ल्याएको छ।कम्पनीले एन्ड्रोइड फोनका लागि म्यासेन्जर एपको अपडेट गरिएको नयाँ संस्करण पेश गरेको छ। यो नयाँ संस्करणमा फेसबुकले एक विशेष फिचर ल्याएको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो नयाँ फिचर भनेको एउटा म्यासेन्जरबाट नै धेरै एकाउण्टहरु लग इन गर्न सकिने हो। यो प्रयोग गर्नका लागि अपडेटेड फेसबुक म्यासेन्जर एपको सेटिङ खोलेर एकाउन्टस्मा क्लिक गर्ने। त्यसमा अरु फेसबुक एकाउण्टहरु एड गर्ने। यसबाट प्रयोगकर्ताका धेरै एकाउण्टका नोटिफिकेसनहरु सोही एपमा आउँछन् तर एकपटकमा एउटा मात्रै एकाउण्टको पहुँच हुनेछ।यो नयाँ एपमा अलग अलग एकाउन्टहरु बदल्नका लागि सधैँ पासवर्डको आवश्यकता पर्नेछ र पासवर्ड हालेपछि अर्को एकाउन्टको लग इन गर्न सकिनेछ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment