CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौं, ४ फागुन । ग्लोब्लाईजेशन र विज्ञानको चमत्कारका कारण अस्ति भन्दा हिजो र हिजो भन्दा आज संसारले आफ्नो हुलिया तिब्र गतिमा फेरीरहेको छ । संसारका शक्ति सम्पन्न राष्ट्र अमेरीका र चीनले मात्र होइन अबको आमुल परिवर्तनको स्वाद सारा विश्वले नै चाख्नेछ । तर त्यसका लागी कति समय कुर्नु पर्ला ? अर्थात अझै भनौँ अबको १ समय वर्षपछिको विश्व कस्तो होला ?
विशेषज्ञका अनुसार अबको १ सय वर्षमा मानिसले अरु त अरु पानी भित्र पनि विकासको कुनै कोष बाँकी छोडेने छैन । मानिसले मिल्ने र भ्याउने अण्डरवाटर होम्स र अंडरवाटर सिटी सम्म पहुँच पुर्याउने डेलीमेलले लेखेको छ ।
स्मार्ट थिंग्स फ्यूचर लिभिंग रिपोर्टका अनुसार सन् २११६ सम्ममा मानिसले घुम्न, रमाइलो गर्न र छुट्टी मनाउन समेत अष्ट्रेलिया, अमेरिका वा इंडोनेशिया मात्रै नभई चन्द्रमा र मंगल ग्रह उपयुक्त स्थान हुनेछन् । विज्ञान र वैज्ञानिक अनुसन्धानले लिएको गतिका कारण अबको १ सय वर्षमा यो कल्पना जस्तो लाग्ने कुरा प्रमाणित हुनेछ ।
यही रिपोर्टलाई तयार गर्ने टिममा बेलायतका वैज्ञानिकहरु छन् । जसमा डा मैगी एडरिन पोकोक र अन्य वैज्ञानिकहरु सामेल छन् । उनीहरुले यति सम्म भनेका छन् कि १ सय वर्षपछि चन्द्रमा र मंगल ग्रहमा घर मात्रै नबनी पोखरी कुण्ड र धाराहरु समेत बन्नेछन् । एजेन्सीको सहयोगमा

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top