काठमाडौँ ५ फागुन । रणवीर कपुर र क्याट्रिना कैफको अफेयरबारे पछिल्लो समय विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । उनीहरूको सम्बन्ध खासै राम्रो नभएको चर्चा बढी हुने गर्छ । उनीहरू ब्रेकअपको अवस्थामा पुगेको खबर पनि आयो । तर, रणवीर क्याट्रिनालाई छोड्न तयार छैनन् ।
खबरअनुसार उनी क्याट्रिनालाई मनाउने कोसिस गरिरहेका छन् । बरु, उनी चुरोट छोड्न तयार छन् । यसअघि कैयौँपटक क्याट्रिनाले रणवीरलाई चुरोटको लतबाट छुटाउने बताउने गरेकी थिइन् । उनले मेडिकल एडभाइसका लागि रणवीरलाई एक अस्ट्रेलियन क्लिनिकमा समेत लिएर गएकी थिइन् ।
क्याट्रिनाको आग्रहलाई सम्मान गर्दै रणवीर चुरोट छोड्ने मनस्थितिमा पुगेका छन् । त्यसो त सन् २०१२ मै एक अन्तर्वार्तामा रणवीरले चुरोट छोड्ने खुलासा गरेका थिए ।
‘मैले आमासँग कसम खाएको छु कि फिल्म बर्फी हिट भयो भने चुरोट छोडिदिन्छु,’ उनले अन्तर्वार्तामा भनेका थिए । तर, बर्फी हिट भएपछि पनि उनले चुरोट पिउन भने छाडेनन् । त्यसैले क्याट्रिनासँग गरेको वाचा पनि पूरा गर्लान्–नगर्लान् भविष्यले नै बताउला ।

Post a Comment