CLICK HERE

 

भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

काठमाडौं, ५ फागनु । माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘खुर्पा’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । एक्सनप्रदान खुर्पा हेर्न बालबालिकाले एक्लै हलमा जान पाउने छैनन् । तर, उनीहरुले आफ्ना अभिभावकका साथमा भने यो फिल्म हेर्न सक्ने छन् । खुर्पाको कलात्मक खतरनाक प्रस्तुती रहेको भन्दै चलचित्र जाँचपाँस समितीले चलचित्र खुर्पालाई पिजी सर्टिफिकेट दिएको जनाएको छ ।
आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हस्त लिवाङ्गको लगानी र किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन छ । विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सह निर्माता रहेको फिल्ममा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ ।
चलचित्र खुर्पामा नारी र खुर्पा बिचको सम्बन्ध देखाईएको छ । नायक सविन श्रेष्ठको अब्बल एक्शन चलचित्रमा प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक सुब्बाले गाउँ घरमा अझै पनि महिलाहरुले आफ्नो आत्मरक्षाका लागि खुर्पा बोक्ने प्रचलन रहेकाले त्यसैलाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरेको बताए । फिल्ममा निरज कुमारको गीत तथा संगीत, समीर मियााको सम्पादन, शंकर महर्जनको एक्सन, गोविन्द राइको नृत्य रहेको फिल्ममा कुमार बखतीको छायांकन छ ।


भिडियो गोप्य हुनाले तल को "चित्र "मा क्लिक गरेपछी मात्र खुल्नेछ

Post a Comment

 
Top